जेठ १०, काठमाडौँ । फ्रान्समा भएको कान्स फिल्म महोत्सव–२०२२ बाट श्रद्धेय धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई शान्ति माइक प्रदान गरिएको छ ।  रिन्पोछे पाख्रिनलाई नेपालको आध्यात्मिक भूमिमा शान्ति र विशेषताहरुमा आधारित निर्मित शान्ति वृत्तचित्रको निर्देशकको भूमिका गरि योगदान पु¥याएकोमा शान्तिदूत ट्रफीबाट सम्मान भएका हुन् ।

२१ मे २०२२ मा ओएनजी रिसो मोन्डियल डेस एक्सप्रेस नामक संस्थाले शान्ति सद्भाव श्री मार्सेल कोउमेननका साथ उनका उपराष्ट्रपति र कूटनीतिक सल्लाहकार जीन लुक प्रेडियरले खेन रिन्पोछे फुर्बा दोर्जी पाख्रिनलाई शान्ति मध्यस्थ पुरस्कार प्रदान गरेका थिए । पुरस्कारका साथै विश्व शान्तिको विकासलाई अनुमति दिने मानवता र सभ्यताको कार्यलाई पुरस्कृत गर्नका लागि शान्ति दूत प्रदान गरे।

पुरस्कार तथा सम्मान कार्यक्रममा खेन रिन्पोछे पाख्रिनका आत्मीय मित्र म्यानुअल डे ला रोचे, फ्रान्स फुटबल लिगका पूर्व अध्यक्ष फेडेरिक, हलिवुडका चर्चित अभिनेत्री शेरोन स्टोन लगायत विशेष व्यक्तित्वहरु उपस्थित रहेको आयोजकले जनाएको छ ।

हिमालय मैत्री फाउण्डेशन, नेपालका संस्थापक समेत रहनुभएका धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिन शान्तिदूत ट्रफीबाट पुरस्कृत हुनुभएकोमा हिमालयमैत्री फाउण्डेशन नेपालका परिवारले बधाई ज्ञापन गरेका छन् । विश्वमा शान्ति फैलाउने र आध्यात्मिकबाट मानव व्यक्तित्व निर्माणमा सहयोग पु¥याउने सन्देश प्रवाह गरेकोले खेन रिन्पोछे पाख्रिनलाई सम्मान गरिएको जनाएको छ । सोही कार्यक्रमबीच करिब ३५० भन्दा बढि विशेष व्यक्तिहरुको उपस्थितमा खेन रिन्पोछेबाट मानव धर्म, मैत्री र करुणा तथा विश्व शान्तिको लागि महत्त्वपूर्ण सन्देश दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *