जेठ १०, काठमाडौं । बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ ।

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताईपेइ छन् । एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका रहेको छ । सिंगल राउन्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।

एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो । १० समूह अन्तर्गत समूह ‘डी’ सम्म पाँच टोली रहेका छन् । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एसियाली पावर हाउस समूह ‘ए’ मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’मा समावेश छ । सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’मा नै छ । यस्तै भुटान र बंगलादेश समूह ‘इ’ मा छन् भने श्रीलंका समूह ‘जे’ मा छ ।

हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *