जेठ २७, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र विना इन्टरनेट सेवा संचालन नगर्नरनगराउन आग्रह गरेको छ ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २१ अनुसार कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै अनुमति विना इन्टरनेट सेवा संचालन नगर्न भनेको छ । “हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएको छ ।

त्यसैले कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु नगराउनु हुन सूचित गरिन्छ,” प्राधिकरणले सूचना जारी गर्दै उल्लेख गरेको छ, “अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्नेरगराउनेजस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।” सेवाग्राहीलाई भ्रममा नपर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन वा वितरण गरको जानकारी भए जानकारी गराउन पनि प्रधाकिरणले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *