जेठ २८, काठमाडौँ । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ३ स्थित फेटारका ४६ बर्षिय कलेजो रोगबाट पीडित कुमार लामा ब्लोनको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आज कलेजो रोगी कुमार लामा ब्लोन बचाउ अभियानबाट संकलित उक्त रकम चेकहित हस्तान्तरण गरेको हो । रोगी ब्लोनको उपचारमा करिब २० लाख खर्च लाग्ने भएपछि आर्थिक अभावका कारण समस्या परेको थियो । उनको जीवन बचाउनका लागि परिवारको आग्रहबाट देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग गरेका छन् । कलेजो रोग पीडित कुमार लामा ब्लोनको उपचारमा आवश्यक खर्च जुटाउन कतारबाट समाजसेवी तिर्थ लामा थिङको नेतृत्वमा अभियान सञ्चालन गरी रकम संकलन गरेका थिए ।
श्री छाप सामुहिक बचत समुहको व्यानारमा संकलित रकम १६,०२,२०५।– (रु. सोह्रा लाख दुई हजार दुई सय पाँच) विभिन्न क्षेत्रमा आवद्ध समाजसेवी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीच विरामीका परिवारलाई चेक सहित रकम हस्तान्तरण गरेका छन् । ब्लोन बचाउ अभियानका संयोजक तिर्थ थिङले अभियानमा साथ दिनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै बिरामी उपचारका लागि करिब २० लाख रकम डिपोजिट गर्नुपर्ने जानकारी दिदै थप सहयोग जुटाउन सबैलाई आग्रह गरे ।