असार ४, काठमाडौं । यो वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित ‘ग्रान्ड फिनाले’ मा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् । २४ वर्षीया प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइन् । मिस नेपाल अर्थ काठमाडौंकै सरीशा श्रेष्ठ घोषित भइन् । मिस नेपाल इन्टरनेसनलको उपाधि विराटनगरकी न्यान्सी खड्काले जितिन् ।

तस्वीरः प्रदिपराज वन्त, रासस

प्रतियोगितामा यो पटक २४ जनाले सहभागिता जनाएका थिए । प्रियंकारानीले अब मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सरीशाले मिस अर्थमा भाग लिनेछिन् । न्यान्सीले मिस इन्टरनेसनलमा सहभागिता जनाउनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *