असार १२, काठमाडौं । पछिल्लो समय हिपहप गायनमा मानव थापा अर्थात ‘स्याडो चर्चा बटुल्नेक्रममा छन् । उनै गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक भएको छ ।

र्यापर एवं हिपहप गायक स्याडोको यस सानी नानीलाई एमएमएस इन्टरटेनमेन्टले दर्शक तथा श्रोतामाझ ल्याएका हुन् । यसअघि पनि एमएमएस इन्टरटेनमेन्टले स्याडोको हिपहप गीत ल्याइसकेको छ । यस युट्युब च्यानलले सुगम संगीतका अलावा हिपहपलाई पनि प्रमोशन गर्दै आएको छ ।

स्याडोको यो पछिल्लो गीत ‘सानी नानी’ले एकपटक हिपहप संगीतमा तहल्का मच्चाउने अपेक्षा निर्माणपक्षले गरेका छन् । गीत र भिडियो निकै स्तरिय बनेको छ । यो भिडियो हेरिसकेपछि एक पटक सबैलाई लाग्न सक्छ, ‘नेपालमा पनि स्तरिय हिपहप गीत र भिडियो बन्न थालेछ ।’ एउटै लोकेशनमा छायाँकन गरिएको यस भिडियोमा खोट लगाउने ठाउँ छैन । स्याडोकै शब्द संकलन रहेको ‘सानी नानी’को भिडियोलाई अनिल मानन्धरले निर्देशन गरेका हुन् । मनोज कार्कीले सम्पादन गरेको यस भिडियोमा स्याडोसँगै समीक्षा बस्नेत फिचरिङ छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *