असार १३, बुटवल । नेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार बिहान ११ बजे भारतको बलरामपुर जिल्लाको मनिपुर बजार क्षेत्रमा रासन किन्न गएका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी दुई नेपालीलाई केही भारतीय युवाको समूहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रत्येक आइतबारको दिन भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ । सोही दिन अविवाहित युवती पाँचजना र एकजना विवाहित गरेर छ जना महिला नेपालबाट मनिपुर बजारमा रासन किन्न जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाको समूहले बलात्कार गरेको कुरा बाहिरिएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएको दाङ प्रहरी एसपी सुरेश काफ्लेले जानकारी दिए । उनीहरुसँग गएका अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर ‘तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छु’ भनेर धम्काउँदै कुटपिट गरेर गम्भीर घाइते बनाएको डीएसपी काफ्लेले जानकारी दिए ।

ती युवकहरुले छजना महिलाको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैयाँ र छ वटा मोबाइल समेत लुटपाट गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । महिलाहरुको हात, गाला, ढाडमा चोट लागेर सुम्ला उठेको छ भने लौराले खुट्टामा निलो डाम बस्ने गरी कुटपिट गरेर गम्भीर घाइते बनाइएको डीएसपी रिजालले जानकारी दिए । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुई युवती र अन्य चारजना घाइते महिलालाई औषधिका लागि भारतीय अस्पतालमा लगिएको एसपी काफ्लेले जानकारी दिए ।

महिलाहरुको हात, गाला, ढाडमा चोट लागेर सुम्ला उठेको छ भने लौराले खुट्टामा निलो डाम बस्ने गरी कुटपिट गरेर गम्भीर घाइते बनाइएको डीएसपी रिजालले जानकारी दिए । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुई युवती र अन्य चारजना घाइते महिलालाई औषधिका लागि भारतीय अस्पतालमा लगिएको एसपी काफ्लेले जानकारी दिए ।

थप विवरण आउन बाँकी छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँच जनामध्ये चारजना पक्राउ गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै एसपी काफ्लेले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *