आगामी २०७९ साल मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । निर्वाचन घोषणा भएको परिप्रेक्ष्यमा दाङको क्षेत्र नम्बर ३ लाई लिएर सामाजिक संजाल (फेसबुक)मा पक्ष विपक्षका बिभिन्न टिका टिप्पणी आईरहेका छन् ।
तपाईहरु बिवादीत नहुनु नै राम्रो हुन्छ । कार्यकर्ताहरु बाँडिनु हुँदैन ।संयमित हुनु पर्दछ । नेताहरुका बिचमा छलफल हुन्छ । हामी पनि छलफल गर्छैां । सर्वसम्मत ढंगले हामी अगाडी बढ्नु पर्दछ । पार्टीको जितलाई सुनिश्चित गर्ने आधार हाम्रो पार्टी भित्रको एकता हो । यसलाई भत्काउनु हुँदैन । कोही पनि पक्ष विपक्षमा जानु हुँदैन । यसलाई बन्द गर्नुस प्लिज 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *