वर्षायाम सकिदैगर्दा पनि आज दशैको दिन देशका धेरै जसो स्थानम पनि परिरहेको छ । वर्षाले गर्दा वर्षेनी मनाउदै आईने नेपाली हरुको महान चाड दशैको टिका अरु वर्षको जस्तो रमाइलो गर्न दिएन । वर्षाका कारण बाढि,पहिरो जस्ता भौगोलिक प्रकोपले वर्षेनी जनजिवन प्रभाबित पार्दै आएको छ । यसै विषयलाई औल्याउदै नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली ले आफ्नो फेसबुक स्टाटस मार्फत सबै जनालाई सतर्क रहन अनुरोध गर्नु भयको छ ।

अपिल ..
“महान पर्व वडादशैंको टीका लगाएर मनाई रहेकै समयमा अप्राकृतिक वर्षाका कारण जनजीवन अस्त व्यस्त भएको अवस्था छ । घरघरमा टीका ग्रहण गरेपछि मान्यजनको हातबाट टीका थाप्न जान र आउन यात्रा गर्नु पर्ने तर खहरेखोला अनि नदी नालाहरु बढेका छन् । पहिरो खस्ने सम्भावना रहन्छ । यस्तो समयमा सबै सुरक्षित रहनु होला । अति आवश्यक परेमा मात्र घर बाहिर निस्कँदा राम्रो होला ।सबैले सावधानी पूर्वक सुरक्षित यात्रामा ध्यान दिनु होला । देशभर परेको यो अविरल वर्षाका कारण जनधनको क्षेति हुन नदिन स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकार सचेत रहन आग्रह गर्दछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *