काठमाडौं : मनाङका नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो।
मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको र बिहिबार दुई गाउँपालिकामा हिमपात भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए।
उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ।
मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ।
प्रशासनले सम्बन्धित कार्यालय र सरोकारवालालाई पूर्व सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।