काठमाडौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको छ ।

एमाले नेताहरुका अनुसार वलीले टिकट पाएकी हुन् ।

ओली लाई आफ्नो क्षेत्र दाङ रअन्य बाहिरी जिल्लाका नेता  तथा  शुभचिन्तकहरुको शुभकामना दिन भ्याई नभ्याई छ ।

वलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

यसपाली एमालेले वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *