निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।

 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।

‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहनेगरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि शुरु गरिएको छ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र छापिने आयोगले जनाएको छ। जसअनुसार प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभा तर्फ ३ सय ३० क्षेत्र गरी ४ सय ९५ प्रकारका मतपत्र छपाइ हुनेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आयोगले यसअघि नै छापिसकेको छ। आयोगले सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *