प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र रहेको दाङमा तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन तथा एमालेबाट सशक्त दाबेदारहरु चुनावी मैदानमा होमिएका छन् । दाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । सो निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी उम्मेदवार छन् । उनी बहालवाला संघीय मन्त्री पनि हुन् ।

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, नेपाल मजदुर किसान पार्टीबाट गणेश भक्त खर्बुजा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढा मगर, हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी (सत्गौवा), नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट शोभाराम बुढा, नेपाली कांग्रेस (बीपी) बाट अशोक खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) बाट रुक्मिणी चौधरी (थारु), राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार छन् ।

 

हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीले उम्मेदवार मनोनयन दर्ता अघिमात्र एमाले छाडेकी हुन् । पार्टीले उम्मेदवार नदिएपछि उनी हाम्रो नेपाली पार्टीमा सामेल भएर उम्मेदवार बनेकी हुन् । एमालेबाटै संघीय सांसदको भूमिका निर्वाह गरिसकेकी उनका कारण आसन्न निर्वाचनमा यो क्षेत्रमा एमालेलाई क्षति पुग्ने आकलन गरिएको छ ।
यस क्षेत्रमा चन्द्रमणि न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा एमालेले पार्टीका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट भने नेकपा माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार बनेकी छन् ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलानाथ योगी, नेपाल मजदुर किसान पार्टीबाट आशाराम वैद्य, मौलिक जरो किलो पार्टीबाट रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीबाट शशिराम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) बाट नेत्रप्रसाद पाण्डेय, मंगोल नेशनल अर्गनाइजेसनबाट खडक बहादुर बुढा मगर, नेपाली कांग्रेस (बीपी) बाट गोविन्दप्रसाद शर्मा, नेपाल आमा पार्टीबाट गीता रावत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल अधिकारी उम्मेदवार छन् । यस क्षेत्रमा यमलाल जिसी, भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी गरी तीनजना स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नम्बर ३ मा एमालेले राष्ट्रियसभाकी पूर्व सदस्य कोमल वलीलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट यस क्षेत्रमा नेपाली कांग्रेसका दिपक गिरी उम्मेदवार छन् ।  यस्तै, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओजबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)बाट शालिकराम चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेदवार छन् ।

यस क्षेत्रमा हेमन्तबहादुर मल्ल, तिलक खड्का, लीलाधर न्यौपाने, घनश्याम डांगी, टोपेन्द्र बस्नेत र भुपबहादुर भण्डारी स्वतन्त्र उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *