२३ कार्तिक/ दाङ क्षेत्र न ३ का उम्मेदवार कोमल वलीले पश्चिम क्षेत्रमा बाकी रहेका काम पाँच वर्षमा पुरा गर्ने प्रतिवद्दता जनाएका छन । यहाँका जनताको स्तरउन्नति माथि उठाउनका लागि बिकासका काम धेरै बाकि रहेकाले सम्पुर्ण कामहरु पूरा गर्न प्रदेश देखि संघ सम्म सुर्यमा भोट हालेर जिताउन आग्रह गरेकी छिन ।

पश्चिम क्षेत्रमा पक्कि बाटो, सिचाइ, स्वास्थ्य,शिक्षा पुलपुलेसा जस्तो कैयो योजनाहरु पूरा गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन ।यस क्षेत्रका हरेक नागरिकहरुको जिवनलाइ परिवर्तन गराउन, कृषि क्षेत्रको विकास गर्न, युवा देखि जेष्ठ नागरिकहरु समस्यालाई सफल पार्न ,खुसि र समृद्ध पश्चिम क्षेत्र निर्माण गर्ने,हरेक काम कार्यको ब्यवस्थापन गर्नका लागि प्रतिवद्दता गरे अनुरुप काम गर्ने बताएकी छिन ।

तुलसीपुर वडा न १३ मा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलिले पश्चिम क्षेत्रलाई पर्यटकिय शुन्दर ठाउँको रुपमा परिचित गराउन आफनो तर्फबाट पहल गर्ने बताएकी छिन ।

 

यसका लागि पश्चिम बासि एकजुट हुन आवश्यक रहेको उनले बताएकी छिन । सबै नागरिकहरुको समान अधिकारका लागि लालपुर्जा वितरण देखि लिएर उद्यमशिल कार्यक्रमहरु संचालन गर्ने समेत बताएकी छिन ।