नेकपा एमालेको तर्फबाट उमेदवारी दिएकी उम्मेदवार ओलिले अहिले पश्चिम बबई गाउँपालिकाका मतदातासंग भेटघाट गरिरहेकी छिन । उनले बबईका मतदातालाई विभिन्न प्रतिवद्धता गरिररहेकी छिन ।
उनले बबई हापुरेदेखि गगटेसम्मको बाटो २५ करोडको ठेक्का परेको तर ठेकेदार बाट ढिलाइ भएको सरकार फेरिएपछि काम रोकिएको बताएकी छिन । उनले आफु निर्वाचित भएपछि यो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
यस्तै एक वर्षमा चोभरे बंचरे खोलामा पुल बन्ने दावि समेत गर्नुभएको छ । यस्तै ठोकुवा , बनचरिदेखि गगटेसम्म पर्ने विभिन्न खोलामा झोलुङ्गे पुल, केउरेनिबाट बबइ जोड्ने पुल , सडक, खानेपानी र बिजुलि जोड्ने काम गर्ने प्रतिवद्धता समेत गरेकी छिन । उनले सोमबार (आज भांगावारी र गंगटेमा भेटघाट कार्यक्रम गरेकी छिन।
SAROJ SHAHI.