`म दाङलाइ अब राजनिती बाट समाजसेवा गरेर शुन्दर र समृद्ध दाङ बनाएर चिनाउन चाहन्छु´ कोमल ओलि
नेकपा एमाले दाङ क्षेत्र न.३ का उम्मेदवार कोमल ओलिले दाङका पहाडी बस्तीमा विद्युत जडान गर्नका लागि निर्वाचन भए लगत्तै कामकाे थालनी गर्ने प्रतिबद्धता जनाएकी छिन । क्षेत्र न.३ का पहाडि ठाउँहरुमा जनता बत्ति बाल्न बाट बञ्चित भएकोले यी वस्तिहरुलाइ उज्यालो बनाउन आफु लागिपर्ने बताएकी छिन ।
`म दाङलाइ हरेक क्षेत्रबाट चिनाए अब राजनिती बाट समाजसेवा गरेर शुन्दर र समृद्ध दाङ बनाएर चिनाउन चाहन्छु´ ओलिले भनिन् । पहाडी बस्तीमा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा , स्वास्थ्यलाई विषेश रुपमा लिएर काम गर्ने बताउदै दुर्गम बस्तिका जनतालाई निरास नबनाउने तरिकाले काम गर्ने प्रतिवद्दता जनाएकी छिन ।
शान्तिनगर ३ बस्तिखाेलामा भएको भेलालाई सम्बाेधन गर्दै वलीले यस्ताे बताएकी हुन । दाङका हरेक क्षेत्रमा झिलिमिलि हुनेछन यसमा तपाईंहरु ढुक्क हुनुहाेस् म काम गरेर देखाउनेछु । त्यसैगरी प्रदेश सभा सदस्य हुकुम बस्नेतले बस्ती खोला आउने बाटो पाँच बर्ष भित्र स्तरोन्नति र कालो पत्रे गर्ने प्रतिबद्धता जनाएका छन । उनले सडक राम्रो नहुदा यहाँका जनताले धेरै दुख पाएको भन्दै आफ्नो प्रमुख काम सडक निर्माण रहेको बताएका छन । नेकपा एमालेले तुलसीपुर ७, तुलसीपुर ५ , शान्तिनगर ३ मा घरदैलो कार्यक्रम गरेकाे छ ।