नेकपा एमाले दाङ क्षेत्र न.३ का उम्मेदवार काेमल वली र हुकुम वस्नेतलाई लिखितम रुपमा माग पत्र.

दाङकाे दङ्गिशरण गाउँपालिका वडा न .१ फुर्कि सल्लिका स्थानिय वासिहरूले नेकपा एमाले क्षेत्र न.३ का उम्मेदवार काेमल वली र क्षेत्र न ३ ख का उम्मेदवार हुकुम वस्नेतलाई लिखितम रुपमा माग पत्र बुझाएका छन् । विकट क्षेत्रकाे रुपमा परिचित फुर्केसल्लि बासिहरु बत्ति र फाेन टावर बाट बञ्चित रहेकाे भन्दै मागपत्रमा बिजुलि बत्ति, बाटाे, संचार, सिमावर्ति क्षेत्रमा जंगलि जनावरले बालिनालिमा क्षति पुर्याउने गरेकाे भन्दै यसकाे समस्या समाधान गरिदिन माग पत्रमा उल्लेख गरिएको छ ।

माग पत्र बुझ्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उम्मेदवार वलीले माग पत्रमा उल्लेख भए बमाेजिमका कामहरु पूरा गरि शुन्दर फुर्केसल्लिलाइ उज्यालो फुर्केसल्लि बनाउने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । यहाकाे बाटाे टेण्डर परिसकेकाे छ यसलाइ निरन्तरता दिनुका साथै यहाँ बिजुलिबत्ति र फाेनकाे टावर जडान गर्न छिट्टै पहल गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । यस्तै यहाँका जनताकाे हरेक तहबाट जीवन स्तर फेर्नका लागि पहल गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *