पश्चिम दाङकाे विकासको लागी एक पटक माैका दिनुहोस : कोमल वली
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार कोमल वलीले जनताले चाहेको जस्तो विकास दिने बताउनुभएकाे छ । जिल्लाको बबई गाउपालीका को हंसपुरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएकाे हाे । उम्मेदवार वलीले यँहाका जनताको लागी सडक, खानेपानी, सिचाईका साथै शिक्षाको सवालमा योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
उहाले विगतमा पटक पटक एउटै ब्यक्तिलाई चुनाव जिताएर पठाउदा विकासले गती लिन नसकेकोले यसपाली आफ्नो मत सुर्यमा हालेर विकास गर्नका लागि माैका दिन आग्रह समेत गर्नुभयाे । आफु जनताको दैनिकी परीवर्तन गर्ने देखि पुर्वाधारको क्षेत्रमा विकास गर्न अघि बढेको बताउदै समृद्ध पश्चिम दाङ निर्माणमा जनताहरुसंग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयाे । मतदाताको घरदैलोमा जादा जनताहरु उत्साहित भएकोले आफु पनि जनताकै सेवामा लाग्न उत्प्रेरित भएको बताउनुभयाे ।।