दाङ -पश्चिम क्षेत्रमा बिहानीकाे घाम लिएर आउनेछु : काेमल वली
क्षेत्र न ३ का उम्मेद्धार कोमल वलीले पश्चिम दाङको विकाशका लागि मंसीर चार पछि बिहानीको घाम लीएर आउँने बताएकि छिन् । आज तुलसीपुरको विभीन्न वडामा सम्पन्न चुनावी सभामा बोल्दै उम्मेद्धार वलीले एक सक्षम एक ईमान्दार महिला नेता यसपालीको चुनावमा आफनो अमुल्य मत दिएर जिताउँने प्रतीवद्धता ब्यक्त गर्दै वलीले भन्नुभयो – जनता भनेका जनता जनार्दन हुन, मेरो एण्टै मात्र हुटहुटि छ पश्चिम दाङको मुहार फेर्ने हो । तपाईहरुले मायाले दिएको त्यो मत संगालेर राख्नेछु । तपाईहरुको मतको कदर गर्दै विकासका लागि रातदिन नभनी काम गर्नेछु ।
मेरो जिवनको हरेक क्षेत्रमा लगानी छ म एक संघर्षशिल नारी हो , हरेक कार्यमा खारीदै आएको मान्छे हो । हरेक आवाज विहिनको आवाज बोल्दै आएको नारी हो । पश्चिम दाङको विकाशका लागि आवाज उठाउँदै आएको मान्छे यसर्थ पनि यहाँहरुको अमुल्य मतको आशा छ – उम्मेद्धार वलीले भनीन् ।
