दाङ-२ मा गठबन्धन दलको समर्थन पाएकी रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत
दाङ- क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।
२ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि परेका छन् । सत्ता गठबन्धन दलको समर्थन पाएकी रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।