काठमाडौंको गोकर्णेसश्वर नगरपालिका वडा नं.-८, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभा २०७९ पुष २८ गते बिहिवारका दिन संस्थाका ज्यू को अध्यक्षतामा सम्पन्न भएको छ,कार्यक्रम लाई संचालन भने संस्थाका सचीव श्री रामशरण थापा ज्युले गर्नुभएको हो।

बार्षिक साधारणसभामा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका आर्थिक बिकास शाखा प्रमुख श्री दिपक थापा ज्यु को अतिथ्यतामा नारायणटार स्थित नबिल फुड ल्यान्ड पार्टी प्यलेसमा सम्पन्न भयेको हो ।

अतिथिमा सर्बजनिक केन्द्रिय महासंघका उपत्यका विशेष प्रदेश अध्यक्ष तथा बिशालनगर यातायात प्रा. लि. का अध्यक्ष श्री दिपक राना ज्यू , अतिथिमा न्यु सहज भ्याली यातायात प्रा. लि. का अध्यक्ष श्री वाङगेल लामाज्यू , अतिथी जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यकारी प्रमुख तथा समाजसेवी श्री विक्रम तामाङ ज्यू , अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख श्री सुमित्रा अधिकारी ज्यू र अतिथिमा समाजसेवी तथा व्यावसायि श्री मैया लामाज्यू हुनुहुन्थ्यो ।

प्रमुख अतिथि दिपक थापा ज्यु बाट दिप प्रज्वलन गरि सके पछि राष्ट्रिय गान गाउदै कार्यक्रमको उद्घघाटन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी श्री दिपक थापाज्यु तथा वरिष्ठ सल्लाहकार श्री कर्ण बहादुर खत्री ज्यू ,सल्लाहकार श्री खड्ग बहादुर गिरि ज्यू ,अतिथिमा श्री दिपक राणा ज्यू ले सुभकामना मन्तव्य रखिदिनुभएको थियो । प्रमुख अतिथि र विशेष अतिथि  ज्यू बाट उत्कृष्ट बचतकर्ता श्री सुमिता लामा ज्यू ,असल ऋणी- श्री कुबेर कृष्ण राइ ज्यू र श्री पुर्ण बहादुर तामाङ ज्यू र उत्कृष्ट सहयोगि श्री कुल्देव आचार्य ज्यु लाई सम्मान पत्र वितरण गरिएको थियो। संस्थाको कार्यप्रगति प्रतिवेदन सचिव श्री रामशरण थापा ज्यू ले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सस्थाका कोषाध्यक्ष ज्यु विशेष कारण नेपाल बाहिर रहनुभयेकोले आर्थिक प्रतिबेदनसस्थाका उपाध्यक्ष ज्यु श्री राजु भण्डारी ज्यु ले प्रस्तुत गर्नुभएको थियोे भने संस्थाका लेखा समितिका संयोजक ज्यु पनि विशेष कारणले उपस्थित हुनु नभयेको हुदा लेखा प्रतिवेदन सस्थाका लेखा समिति सदस्य श्री चन्द्र बहादुर भण्डारी ज्युले प्रस्तुत गर्नुभएको थियोे ।

१२ लाख शेयर पूंजीबाट सुरुवात गरिएको उक्त संस्थाको आ ब ०७६/ ०७७ मा १८ लाख रहेकोमा चौथो साधरण सभा बाट निर्बाचित श्री हरि कुमार भण्डारीको नेतृत्व ले चालू ०७८/०७९ मा कोरना माहामारिको बाबुजुद पनि ६० लाख पुर्याउन सफल भएको छ अब अर्को वर्ष २०८० सम्म मा ३ करोड पुर्याउने योजना रहेको अध्यक्ष श्री हरि कुमार भण्डारी ज्यु ले बताउनु भयो !

संस्थाले 5C बिश्लेषन गरि ऋण प्रबाह गरेको हुँदा कुनै पनि ऋण जोखिममा नरहेको र अहिलेको तरलता संकटकाे परिस्थितिमा पनि संस्थाले कुनै शेयर सदस्यज्युहरुको बचतफिर्तामा सिमा नतोकी सजिलैले बचतको रकम फिर्ता गर्न सफल रहेको र आगामी दिनमा पनि शेयर सदस्य ज्युको भुक्तानी सेवालाइ अझ सहज गर्दिनको लागि अब को केही महिना पछी मोबाईल बैन्किङ सेवा चाडाे भन्दा चाडाे सुरु गर्ने भनी सभामा उहाले प्रतिबद्धता जनाउनुभयो।

यस संस्थाको संचालक समितिमा अध्यक्ष श्री हरि कुमार भण्डारी ज्यु ,उपाध्यक्ष श्री राजु भण्डारी ज्यु ,सचीव श्री राम शरण थापा ज्यु ,कोषाध्यक्ष श्री भुवन पोख्रेल ज्यु र अन्य सदस्य श्री सुनिता घिसिङ ज्यु ,श्री सानु मानन्धर ज्यु ,श्री सनि लामा ज्यु हुनुहुन्छ ! लेखा समितिमा श्री धनमाया लामा ज्यु ,श्री चन्द्र बहादुर भण्डारी ज्यु हुनुहुन्छ,यस्तै ऋण लगानी तथा व्यवस्थापन उप समितिमा श्री राम शरण थापा ज्यु ,श्री सुनिता घिसिङ ज्यु ,श्री सनि लामा ज्यु रहेको ब्यवस्थपक तारा लामा ले बताउनु भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *