निरज शाक्यको ‘हजारौ सुन्दर बाटो छोडेर ’ आउँदै
काठमाडौं ।
नेपालमा संगीत व्यवसायबाट बाँच्ने कलाकारहरू धेरै भइसकेका छन् । दक्ष र क्षमतावान् कलाकारका लागि विश्वको कुनै पनि भागमा पुग्न र कला प्रस्तुत गर्न अहिले कुनै सारोगाह्रो देखिँदैन । त्यसैले हिजोआज संगीत मनोरञ्जन वा आमोद–प्रमोदको विषयवस्तु मात्र नभई जीवनको अपरिहार्य आधार भइसकेको छ । संगीत अत्यन्त विविधतायुक्त अन्तर्राष्ट्रिय कला हो । भाषा नबुझ्े पनि श्रोताले संगीत सुनेर आनन्द लिन सक्छन् । यसले गर्दा संगीत सबैको साझ सम्पत्ति पनि हो । साझ सम्पत्ति हुँदाहुँदै संगीतले राष्ट्रिय पहिचानको कार्य पनि नदेखिँदो ढंगले गर्छ ।
निरज शाक्य पेशाले ईन्जिनियर हुन् । सडक बिभागमा कार्यरत शाक्यको अब भने नयाँ परिचय थपिएको छ। गायकको शाक्यले केहि समय पहिले गोबिन्द मधुर अचार्य , अर्जुन थापाको संगीतमा दुई गीत रेकर्ड गराई सकेका छन् । शाक्यले महेश बिक्रम पाण्डेको संगीतमा हालसालै नयाँ गीत रेकर्ड गराएका छन् । उनका गीतमा चन्द्रकला शाह शेर बहादुर डिसी र एकेन्द्र भूलले शब्द रचना गरेका छन् । भने एक गीतमा प्रसिद्ध गायिका कोमल ओलीले उन्लाई गायनमा साथ दिएकी छन् । पुनम स्टुडियोमा रेकर्ड गरिएको ‘हजारौ सुन्दर बाटो छोडेर ’ बोलको गीतको छिट्टै भिडियो निर्माण गर्ने तयारीमा छन् गायक शाक्य । यस अघि पनि दुबै गीतको म्यूजिक भिडियो एक्सन मिडियाबाट सार्बजनिक गरि सकेका छन् ।
पछिल्लो गीतको निर्देशन निर्देशक शेर बहादुर डिसीले गर्दैछन् । भिडियोलाई मनाङ ,मुस्ताङ गएर छाँयाङकन गर्ने तयारी भैरहेको निर्देशक डिसीले जानकारी दिएका छन् । अहिले भिडियो निर्माण टीम कलाकारको छनौटमा लागेको छ । गीत मिठो बनेकोले श्रोता दर्शकले रुचाउनेमा गायक शाक्य आशावादी छन् ।